aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
पछिल्लो २४ घण्टामा १४७ जना कोरोना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४१ जना र एन्टिजन परिक्षण गर्दा ४ जना गरि जम्मा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १४७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।  
      
पछिल्लो २४ घण्टामा ४ हजार ७५२ जनाले कोरोना परिक्षण गरेका थिए भने ५९ हजार ३७८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ३ हजार १३५ जना रहेका छन् ।              
 

प्रतिक्रिया दिनुहोस