aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा कोरोनाभाइरसबाट थप १५ सय नयाँ सङ्क्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ चैत्र २०७८
भारतमा कोरोनाभाइरसबाट थप १५ सय नयाँ सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा झण्डै १५ मानिस सङ्क्रमित भएका छन् । “दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा कम भएको अहिले तेस्रो दिन हो,” सरकारी एक अधिकारीले पत्रकारहरुसँग भने ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ््कले देखाएको छ । यही मार्च १९ का दिन दुई हजार ७५ जना सङ्क्रमित भएको देखिएकोमा त्यसको भोलीपल्ट मार्च २० मा एक हजार ७६१ जना मात्रै सङ्क्रमित भएका थिए । त्यसैगरी मार्च २१ मा एक हजार ५४९ मा झरेको थियो ।  

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड ३० लाख १० हजार ९७१ पुगेको छ ।सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

भारतमा अहिले दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच लाख १६ हजार ५१० जनाको मृत्यु भएको छ । ती मध्ये ३१ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । एएनआई 

प्रतिक्रिया दिनुहोस