aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

२४ घण्टामा ३८ जना नयाँ संक्रमित थपिए, २६९ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ चैत्र २०७८
२४ घण्टामा ३८ जना नयाँ संक्रमित थपिए, २६९ जना निको भए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २४ घण्टामा पाँच हजार ३७६ वटा नमूना परिक्षण गर्दा ३८ जना नयाँ कोरोना भाइरसका विरामी फेला परेका हुन । 

जसमा तीन हजार ८५५  पीसीआर प्रविधिबाट परिक्षण गर्दा ३४ जना र एन्टिजेन प्रविधिबाट एक हजार ५२१ परिक्षण गर्दा ४ जना कोरोना भाइरसका संक्रमित फेला परेका हुन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २६९ जना कोरोना संक्रमणबाट निको भएका छन् । त्यस्तै, नेपाल भरी हालसम्म दुई हजार ४५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस