aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

इन्टरनेट ब्राउजरहरुमा धेरै त्रुटि देखिएपछि यस्तो चेतावनी आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० चैत्र २०७८
इन्टरनेट ब्राउजरहरुमा धेरै त्रुटि देखिएपछि यस्तो चेतावनी आयो

एजेन्सी । गत हप्ता मात्र भारतको आईटी मन्त्रालयको कम्प्युटर आपतकालीन प्रतिक्रिया टोली (सीइआरटी–इन)ले भारतभरका इन्टरनेट ब्राउजर मोजिद्यल्ला फायरफक्स प्रयोगकर्ताहरूलाई चेतावनी जारी गरेको थियो । अब (सीइआरटी–इनले गुगल क्रोम प्रयोगकर्ताहरूका लागि एक चेतावनी पनि अर्को जारी गरेको छ । (सीइआरटी–इनका अनुसार ब्राउजर क्रोम संस्करण ९९.०.४८४४.७४ भन्दा कम रहेकाले तुरुन्तै नयाँ भर्जिन अपडेट गर्न आवश्यक रहेको बताएको छ ।

(सीइआरटी–इन) ले क्रोम प्रयोगकर्ताहरूलाई धेरै त्रुटिहरू भएकाले चेतावनी दिएको छ । यसमा ह्याकरहरूले यी त्रुटिहरूको फाइदा उठाउन सक्ने धेरु स्थानहरु रहेको बताएको छ । सीइआरटी–इनले चेतावनी दिँदै क्रोम पीसी प्रयोगकर्ताहरूलाई यस्तो सुझाव समेत दिइएको छ । ब्राउजरमा त्रुटिहरूको कारण रिमोट आक्रमणकारीहरूले मनमानी कोड कार्यान्वयन गर्न सक्ने देखेको छ ।  यसबाहेक, तिनीहरूले सुरक्षा प्रतिबन्धहरू पनि बाइपास गर्न सक्छन् । साइबर समुदायका अनुसार हिप बफर ओभरफ्लोका कारण ब्लिंक लेआउट, एक्सटेन्सन, सेफ ब्राउजिङ, स्प्लिटस्क्रिन, एङ्गल, नयाँ ट्याब पेज, ब्राउजर यूआई र जीपीयूमा त्रुटिहरू रहेको (सीइआरटी–इनको अध्ययनले देखाएको छ । 

यी त्रुटिहरूको कारणले गर्दा आक्रमणकारीहरूले लक्षित प्रणालीलाई सजिलै लक्षित गर्न सक्ने बताएको छ । यद्यपि, गुगल क्रोमको पक्षमा यी त्रुटिहरू विवरणमा उल्लेख गरिएको छैन । गुगल क्रोमलाई नवीनतम संस्करणमा अपडेट गर्नका लागि सुझाव दिएको छ । गुगल क्रोमको नयाँ संस्करण अपडेट गर्नका लागि स्क्रिनको माथिल्लो दायाँ कुनामा रहेकोMore present को विकल्पमा क्लिक गर्नुपर्नेछ । यसपछि  हेल्पको विकल्पमा जानुपर्नेछ र त्यसपछि अबाउट क्रोममा, तपाईले अपडेट गुगल क्रोममा क्लिक गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस