aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

इजेड वल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० चैत्र २०७८
इजेड वल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं । इसेवा मनि ट्रान्सफर र विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बैंक अन्तरगत रहेको इसेड रेमिटबीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ । सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सिईओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सिईओ मुजाहिद मलिकले हस्ताक्षर गरेका हुन् ।  

यस सम्झौतासंगै  अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५ हजार भन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ ।  इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई पैसा पठाउँदा, सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न मिल्नुका साथै इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ । 

त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १२ हजार बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभरी रहेका १ लाख ३० हजार बढी एजेण्ट नेटवर्कबाट  पनि तुरुन्तै रकम प्राप्त गर्न सकिने छ । साथै पाउने व्यक्तिले पठाएको रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरेर अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ । सातै इसेवा मनि आर्फत आएको रकम प्रभु भ्यानेजमेन्ट अन्तरगत रहेका सहकारी संस्थाहरुबाट समेत भुक्तानी लिन सकिनेछ । 
 

प्रतिक्रिया दिनुहोस