aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गेटको ताला काटेर एनसेल टावरमा आगजनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
गेटको ताला काटेर एनसेल टावरमा आगजनी

कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको वडा नम्बर ६ जालीमा रहेको एनसेल टावरमा गए राति आगजनी गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बुधवार राती सवा १२ बजेको समयमा आगजनी गरिएको जनाए । उनले भने, ‘पर्चा पम्पेलेट केही भेटिएको छैन । तर, विप्लव समूहले आगजनी गरेको आशङ्का गरेका छौँ ।’ गेटको ताला काटेर टावरमा आगजनी गरिएको उनले बताए । आगजनी बाट टावरका व्याट्रीहरु जलेका छन्। 

एनसेल टावरमा आगजनी भएको खबर पाएपछि प्रहरी तत्काल घटना स्थलमा पुगेको थियो । प्रहरी तत्काल घटनास्थलमा पुगेपछि बढी क्षति हुन नपाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस