
काठमाडौं । गएको २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २१० जना कोरोना संक्रमणबाट निको भएका छन् । २ हजार ६ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ जनामा सङ्क्रमण पुष्टि भएका हुन ।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख ६४ हजार ६०८ जना निको भइसकेका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ७५८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस