aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

शाओमी १२ प्रो को लागि प्रि–बुकिङ खुल्ला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ चैत्र २०७८
शाओमी १२ प्रो को लागि प्रि–बुकिङ खुल्ला

 काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिज मध्य शाओमी १२ प्रो को प्रि बुकिङ खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुने भएको हो  ।

प्रि–अर्डरमा यो फोन विशेष अफर सहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा ५ हजार रुपैयाँको क्यासब्याक तुरुन्तै पाउनुको साथै  मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबि प्लस २५६ जिबिमा १ लाख १४ हजार ९९९ मा उपलब्ध छ ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन् । यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ । त्यस्तै विशेषता मध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो । नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ जसले तपाईंको फोन १८ मिनेटमै फुल चार्ज गर्छ । 

शाओमी १२ प्रो माएचआरडि १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले रहेको छ। यो १२ जिवि प्लस२५६ जिविको स्टोरेजमा उपलब्ध छ । आठ जेन वान न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको  मेन क्यामेरा र ५० एमपी टेलिफोटो प्लस ५० एकपी  वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । 

यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ । तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ । सेल्फीको लागि यसमा घद्द एमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ । यसमा हर्मन÷कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ । शाओमी १२ प्रो तपाईंहरुको नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला छ र मार्च ३० देखि बिक्री शुरु हुने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस