aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

नाट्टाको निर्वाचनका लागि अर्को समूहले पनि घोषणा गर्यो आफ्नो टिम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
नाट्टाको निर्वाचनका लागि अर्को समूहले पनि घोषणा गर्यो आफ्नो टिम

काठमाडौं । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस्ना(नाट्टा)को चैत्र १७ गते हुने निर्वाचनका लागि विनय बस्नेतले आफ्नो टिम घोषणा गरेका छन । नाट्टाका वर्तमान उपाध्यक्ष समेत रहेका विनय थापाले आज पत्रकार सम्मेलन गरी चैत १७ गते हुन लागेको ५५औँ वार्षिक साधारणसभा एवम् २३औँ निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनको टिममा वरिष्ठ उपाध्यक्षमा सुधिर कुमार उपाध्यय, उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा जिस्वान तुलाधार श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सह कोषाध्यक्षमा गीता ढकाल रहेका छन् । यस्तै सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौड्यल, साधुराम थापा, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा लामा, सुमन लाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन् ।

निर्वाचनमा आफ्नो टिमसँगै आफ्ना मागहरु नेपाल सरकारद्वारा घोषणा गरिएको सहुलियत ऋण प्रवाह गराउन र ऋण लिएकाहरुलाई त्यसको ब्याज व्यवसाय पुनर्स्थापना नहुँदासम्म थपिदिन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समन्वय गरिने बताएका छन । नयाँ टिमले पर्यटन क्षेत्रका लागि २४ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस