
एजेन्सी । अमेरिकी कम्पनी टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका अर्बपति इलोन मस्क कोरोनाको चपेटामा परेका छन् । इलोन मस्कले सोमबार ट्वीटरमार्फत आफूलाई फेरि एकपटक कोभिड–१९ भएको जानकारी दिएका छन् । यद्यपी उनले यसपटक आफ्नो कुनै लक्ष्य नभएको बताए ।
एलोन मस्कले लेखेका छन्, ‘कोविडले निरन्तर रंग परिवर्तन गरिरहेको छ । मलाई फेरि कोरोना लागेको छ, तर कुनै लक्षण छैन ।’ यसअघि नोभेम्बर २०२० मा पनि एलोन मस्कलाई कोभिड–१९ देखिएको थियो ।
टेस्लाका सीईओले लेखेका छन्, ’विभिन्न प्रयोगशालाहरूले फरक फरक नतिजाहरू पाइरहेका छन् । तर यस पटक हल्का कोभिडको सम्भावना छ ।’ डिसेम्बर–२०२१ मा एक अन्तर्वार्ताका क्रममा इलोन मस्कले आफू र उनका बच्चाहरूले कोभिड भ्याक्सिन पाएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस