aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ चैत्र २०७८
थप २६ जनामा कोरोना संक्रमण, ७७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५ जना र एन्टिजन परिक्षण गर्दा १ जना गरि जम्मा २६ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ७७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।  

पछिल्लो २४ घण्टामा ५ हजार १९२ जनाले कोरोना परिक्षण गरेका थिए भने ७१ हजार ७२ जनाले खोप लगाएका थिए । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १ हजार १४६ रहेको छ ।             

प्रतिक्रिया दिनुहोस