aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सक्रिय कोरोना संक्रमितको संख्या ८९९ मा झर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० चैत्र २०७८
सक्रिय कोरोना संक्रमितको संख्या ८९९ मा झर्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ६६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । 

पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । यस अवधिमा ६ हजार ९०९ जनाले कोरोना परिक्षण गरेका थिए भने ३० हजार ४४८ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ८९९ जना रहेका छन् ।              
 

प्रतिक्रिया दिनुहोस