
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।
यस अवधिमा ८९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । यस अवधिमा ५ हजार ५९ जनाले कोरोना परिक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या ८४२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस