aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

डिसहोमले ल्यायो एक वर्षमा २४ महिनाको योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
डिसहोमले ल्यायो एक वर्षमा २४ महिनाको योजना

काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको हो ।  

यो योजनामा डिशहोमको डिलर दाईबाट फण्डट्रान्स्फर मार्फत एकवर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिना सम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् । यससंगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले एक लाख पनि जित्न सक्ने छन् । 

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेस मा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ । १ बर्षको रिचार्जमा २४ महिना टेलिभिजन हेर्न र रु १ लाख जित्ने यो योजनाको फाईदा २०७८ चैत्र २१ पछि रिचार्ज गर्ने डिशहोमका ग्राहकहरुले लिन सक्नेछन ।  

एक दशकदेखी स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्य सहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो । साथै डिटिएच प्रविधि मार्फत टेलिभिजन सेवा दिईरहेको डिशहोम ले  फाईवरमार्फत डिशहोम फाईवरनेट ब्राण्ड नेम मा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस