
एजेन्सी । भारतको सूचना तथा प्रसारण मन्त्रालयले २२ वटा युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ । तीमध्ये चार पाकिस्तानी युट्युब च्यानल पनि छन् । मन्त्रालयका अनुसार यी युट्युब च्यानलहरूले भारतको राष्ट्रिय सुरक्षा, विदेश सम्बन्ध र सार्वजनिक व्यवस्था विरुद्ध अपप्रचार गरिरहेका थिए ।
यी युट्युब च्यानल बाहेक मन्त्रालयले तीन वटा ट्वीटर अकाउन्ट, एउटा फेसबुक अकाउन्ट र एउटा न्युज वेबसाइटमा पनि प्रतिबन्ध लगाएको छ । यसअघि जनवरीमा पनि सूचना तथा प्रसारण मन्त्रालयले २० युट्युब च्यानल, दुई ट्विटर अकाउन्ट, दुई इन्स्टाग्राम अकाउन्ट, दुई वेबसाइट र एउटा फेसबुक एकाउन्ट ब्लक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस