
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो ।
शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ । १०८ एमपिको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ । साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै यसको २ एमपि डेप्थले पोर्ट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ ।
ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरुमा २ वटा लिनियर स्पिकरहरु छन् जसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिन्छन् ।रेडमि नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमि नोट ११ प्रो ५जी ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ । यी दुइवटै फोनहरु ६जिबि+१२८ जिबि र ८जिबि + १२८ जिबिको स्टोरजमा नेपाल भरीका अनलाइन र रिटेलमा चैत्र २७ देखि उपलब्ध हुनेछन् ।
रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५जी को मुल्य नेपाली बजारमा यस प्रकार रहेको छ । यी फोन २९ हजार ९९९ रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस