
एजेन्सी । भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले स्वदेशी ४जी नेटवर्कको रोल आउटका लागि देशभर लगभग १.२१ लाख टावरहरू स्थापना गर्ने योजना बनाएको छ । टेलिकम मन्त्री अश्विनी वैष्णवले लोकसभामा यो जानकारी गराउदै भनेका छन, ‘एकै समयमा ट्रेनभित्र इन्टरनेट जडान गर्न कठिन हुन्छ, ५जी नेटवर्क सुरु भएपछि मात्र उक्त स्थानमा उपलब्ध हुन सक्छ । किनभने ४ जी प्रविधिले १०० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने ट्रेनहरूमा सञ्चारमा बाधा पु¥याउँछ ।’
प्रश्नोत्तरको समयमा उनले भने, “म तपाईंलाई यो जानकारी गराउन पाउँदा खुसी छु कि ४जी टेलिकम नेटवर्क छिट्टै रोल आउट हुने तयारीमा छ । यसलाई भारतीय इन्जिनियर र भारतका वैज्ञानिकहरूले बनाएका हुन् । हाम्रो ४जी नेटवर्क विकास संसारभर प्रशंसा भइरहेको छ । यसमा कोर नेटवर्क, पूर्ण दूरसञ्चार उपकरणसहितको रेडियो नेटवर्क छ ।’
मन्त्रीका अनुसार बीएसएनएल नेटवर्कको लागि ६,००० र त्यसपछि ६,००० थप टावरहरू तुरुन्तै अर्डर गर्ने प्रक्रियामा छ । यसपछि देशभर एक लाख टावर जडान गरिनेछ । उनले फाइभजी प्रविधिको विकासको काम पनि भइरहेको र केही महिनामै तयार हुने बताए ।
प्रदायकहरूले मोबाइल टावरहरूमा जडान गरिएका आधार ट्रान्ससिभर स्टेशनहरू (विटिएस) लाई फाइबराइज गर्दैछन । ७,९३,५५१ बीटिएस अप्टिकल फाइबरद्वारा जोडिएका छन् । यो संख्या देशको कुल मोबाइल टावरको तुलनामा निकै कम हो । ५जी सफलता र राम्रो ४जी अनुभवको लागि, थप टावरहरू फाइबरद्वारा जडान गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस