aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सात जना नयाँ संक्रमित थपिए, निको हुने ९८.७ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ चैत्र २०७८
सात जना नयाँ संक्रमित थपिए, निको हुने ९८.७ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७ जना नयाँ संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा २५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।              

पछिल्लो २४ घण्टामा ४ हजार ६६८ जनाले कोरोना परिक्षण गरेका थिए भने ५० हजार ५३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७४७ जना रहेका छन् ।              
 
               

प्रतिक्रिया दिनुहोस