aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घटे कोरोना संक्रमित, ४३४९ जनामा परिक्षण गर्दा १२ लाई संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
घटे कोरोना संक्रमित, ४३४९ जनामा परिक्षण गर्दा १२ लाई संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११ जना र एन्टिजन परिक्षण गर्दा १ जना गरि जम्मा १२ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ८९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।            

पछिल्लो २४ घण्टामा ४ हजार ३४९ जनाले कोरोना परिक्षण गरेका थिए भने २६ हजार ४५ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६६९ जना रहेका छन् ।              

प्रतिक्रिया दिनुहोस