aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

बैंकबाट मिनेटमा नै रकम गायव गराउने भाइरस डिलेट गरेको गुगलको दावी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ चैत्र २०७८
बैंकबाट मिनेटमा नै रकम गायव गराउने भाइरस डिलेट गरेको गुगलको दावी

एजेन्सी । गुगलले प्ले स्टोरबाट मानिसको फोनमा भाइरस सार्ने ६ वटा एप हटाएको छ । यो खबर चेक प्वाइन्ट रिसर्चको रिपोर्टबाट आएको हो । जसमा तीन अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि ह्याकरहरूले एन्टीभाइरस अनुप्रयोगहरूको आडमा प्रयोगकर्ताहरूको पासवर्ड, बैंक विवरणहरू र अन्य व्यक्तिगत जानकारीहरू चोर्न शार्कबोट एन्ड्रोइड स्टिलर सफ्टवेयर प्रयोग गरे । 

रिपोर्टका अनुसार यी मालवेयर भएका एपहरू १५ हजारभन्दा बढी पटक डाउनलोड भएका थिए । तर, अब गुगलले आफ्नो प्ले स्टोरबाट यी सबै एप हटाएको छ ।

चेक पोइन्ट रिपोर्टका अनुसार यो मालवेयरले जियोफेन्सिङ फिचर र पाइरेसी टेक्नोलोजीमा काम गर्छ । जसले यसलाई अन्य मालवेयरभन्दा फरक बनाउँछ । यसले डोमेन जेनेरेसन एल्गोरिथ्म (डिजीए) भन्ने कुरा पनि प्रयोग गर्छ । जुन एन्ड्रोइड मालवेयरको संसारमा विरलै प्रयोग गरिन्छ ।

यी एपहरूले गुगल प्ले स्टोरका प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा चोरेका छन् । एन्टिभाइरस एपजस्तो देखिने यी ६ मालवेयर एपहरूले १५,००० भन्दा बढी प्रयोगकर्ताहरूलाई शार्कबोट एन्ड्रोइड मालवेयरबाट संक्रमित गरेको छ ।  जसले प्रमाण र बैंकिङ जानकारी चोर्छ । अनुसन्धानको क्रममा, यसले उपकरणहरूको करिब १,००० आईपी ठेगानाहरू फेला पारेको छ । उक्त ठेगानाहरु अधिकांश इटाली र बेलायतका थिए ।

यी एप्सको नाम यस प्रकार छ । एटम क्लीन–बूस्टर, एन्टिभाइरस सुपर क्लीनर, अल्फा एन्टिभाइरस क्लीनर, पावरफुल क्लीनर एन्टिभाइरस, सेन्टर सेक्युरिटी एन्टिभाइरस रहका छन् । यी एपहरू मध्ये कुनै पनि प्रयोग गर्दै हुनुहुन्छ भने तिनीहरूलाई तुरुन्तै मेटाउनुपर्छ ।  किनकि बैंकिङ ठगी हुन सक्छ र पैसा एक क्षणमा गायब हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस