aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

भारतको एक आइटी कम्पनीले कर्मचारीलाई सरप्राइज गिफ्टमा पाँच जनालाई १ करोडको बीएमडब्लू कार दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ चैत्र २०७८
भारतको एक आइटी कम्पनीले कर्मचारीलाई सरप्राइज गिफ्टमा पाँच जनालाई १ करोडको बीएमडब्लू कार दियो

एजेन्सी । कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्रकारका प्रोत्साहनहरू दिन्छन् । यसमा शेयरमा बोनस दिने जस्ता प्रचलनहरू समावेश गर्छन् । तर कहिलेकाहीँ केही कम्पनीहरूले कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमको बदलामा महँगो उपहार पनि दिन्छन् ।  भातरको चेन्नईको एक आईटी कम्पनी किसफ्लो इंकले पनि यस्तै आश्चर्य चकित खाने खालको उपहार दिएको छ । कम्पनीले गत हप्ता राम्रो काम गर्ने ५ जना कर्मचारीलाई द्यःध् कार उपहार दिएको थियो ।

कम्पनीका सीईओले कोरोना महामारीका बेला अस्तित्वमा आएको संकटलाई पार गर्न र प्रतिकूल परिस्थितिमा पनि पैसा कमाउन मद्दत गर्ने पाँच कर्मचारीलाई यो उपहार दिएका हुन् । शुक्रबार आयोजित एक कार्यक्रममा पाँचजना वरिष्ठ कर्मचारीलाई १ करोड रुपैयाँ भारु लागतको बीएमडब्लु कार प्रदान गरिएको थियो । पाँचजना कर्मचारीलाई पहिले थाहा थिएन । उनलाई यो सरप्राइज गिफ्टको बारेमा केही घण्टा अघि मात्र थाहा भएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश सम्बन्दमले बिएमडब्लु कार उपहारस्वरुप दिएका पाँच कर्मचारी कम्पनी स्थापनाकालदेखि नै आफूसँगै रहेको बताए । उनले उपहार प्राप्त गर्नेहरुमध्ये केही साधारण पृष्ठभूमिका रहेको र कम्पनीमा आवद्ध हुनु अघि धेरै चुनौतीहरु सामना गरेको बताए । उनले कम्पनी आफैंले पनि धेरै प्रतिकूल परिस्थितिको सामना गरेको बताए । कोभिड महामारीका बेला पनि कम्पनीका केही लगानीकर्ताले सफल सञ्चालनमा आशंका व्यक्त गरेका थिए ।

सम्बन्दमले भने, ‘हाम्रो अगाडि कठिन समय थियो । महामारीको समयमा पनि लगानीकर्तामा कम्पनी चल्ने हो भन्ने शंका थियो । आज हामी लगानीकर्ताको पैसा फिर्ता गरेर पूर्ण निजी कम्पनी बनेकोमा धेरै खुसी छौं ।’ 

पाँच भाग्यशाली कर्मचारीहरूलाई कम्पनीका सीईओले बीएमडब्ल्यू ५३०डी मोडल उपहार दिएका छन् । नेभी ब्लू ५ सिरिजका यी कारको मूल्य १–१ करोड रुपैयाँ भारु पर्छ । उपहार दिने कर्मचारीहरूमा मुख्य उत्पादन अधिकारी दिनेश वरदराजन, उत्पादन व्यवस्थापन निर्देशक कौशिक्रम कृष्णसाई, निर्देशक विवेक मदुराई, निर्देशक आदि रामनाथन र उपाध्यक्ष प्रसन्न राजेन्द्रन छन । घटनाको जानकारी पाएपछि उनीहरूमध्ये धेरैले मालिकसँग डिनर खानमात्र जानुपर्छ भन्ने सोचेका थिए ।
 

प्रतिक्रिया दिनुहोस