aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पाँच हजारमा कोरोना परिक्षण गर्दा २२ जनामा संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ चैत्र २०७८
पाँच हजारमा कोरोना परिक्षण गर्दा २२ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ४६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।            

पछिल्लो २४ घण्टामा ५ हजार १४४ जनाले कोरोना परिक्षण गरेका थिए भने १५ हजार ३५५ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५६८ जना रहेका छन् ।               
 

प्रतिक्रिया दिनुहोस