aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप २६ जनामा कोरोना संक्रमण, ३७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ चैत्र २०७८
थप २६ जनामा कोरोना संक्रमण, ३७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३ जना र एन्टिजन परिक्षण गर्दा ३ जना गरि जम्मा २६ जना नयाँ संक्रमित थपिएका हुन् ।              

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ३७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।          

पछिल्लो २४ घण्टामा ४ हजार ७८ जनाले कोरोना परिक्षण गरेका थिए भने ४१ हजार ४०७ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५५४ जना रहेका छन् ।     

प्रतिक्रिया दिनुहोस