aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
फोनपेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । नवनियुक्त दासलाई बुधवार फोनपेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरे । दास यसभन्दा अगाडी नेपालको चर्चित ब्राण्ड ब्राण्ड कोकाकोलामा  आवद्ध थिए । 

उनी कोकालामा १२ वर्ष भन्दा लामो समयसम्म एरिया सेल्स् म्यानेजर,कोल्ड ड्रिङ्गस् इक्युपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर,टेड मार्केटिङ हेड लगायतको भूमिकामा थिए ।  फोनपेमा उनले विजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवद्र्धनको कार्य संहाल्नेछन् । उनको आगमनसँगै  कम्पनीले थप सफलता हाँसिल गर्ने अपेक्षा गएिको छ । 

डिजिटल नेपालको परिकल्पना गर्दै साढे दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल करिब ६ लाख मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली सञ्चालक आवद्ध छन्  ।

प्रतिक्रिया दिनुहोस