aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

काठमाण्डौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।  

गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरीने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले निर्देशन समेत दिएका छन् । 

प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण दुई वार्षदेखी संचालन हुन नसकेको प्रतियोगिता आगामी जेठमा संचालन हुने भएको हो । 
 

प्रतिक्रिया दिनुहोस