aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चार जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३४ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ बैशाख २०७९
चार जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३४ पुगे

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३४२ को  परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६३४ पुगेको छ ।

 एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५८ रहेको छ । पछिल्लो समय थप ४४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार २०४  पुगेको छ । निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी, पछिल्लो समय ६१ हजार २७८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

 हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७९ रहेको छ । अहिले होम आइसोलेसनमा ४५५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा २४, आइसियुमा १२ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस