aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ बैशाख २०७९
भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन शुरु

हनोइ ।  भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान शुरु भएको हो । 

पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सो खोप अष्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ । बिहीबार झण्डै १५० विद्यालयका बालबालिकाहरूलाई खोप लगाइएको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूको सङ्ख्या झण्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ ।  

“कोरोना भाइरसको उच्च जोखिम भएको बर्गलाई उच्च प्राथमिकता दिएर खोप लगाउने रणनीति अनुसार बालबालिकाको पालो अहिले मात्रै आएको हो,” एक अधिकारीले भने ।  सिन्ह्वा

प्रतिक्रिया दिनुहोस