
एजेन्सी । चीनको आर्थिक केन्द्र सांघाईमा कोरोनाको महामारीले ठूलो आतंक मच्चाएको खबर छ । बिहीबार यहाँ २७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । परिक्षण गरिएकामध्ये २५ हजारभन्दा बढी संक्रमितमा कोरोनाको लक्षण नदेखिएको बताएको छ । एक दिन अघि राष्ट्रपति सी जिनपिङले उक्त क्षेम कडाइ गर्ने कुरा गरेपछि साघााईमा यति धेरै घटनाहरू बाहिर आएका छन् ।
सांघाई हालसम्मको सबैभन्दा नराम्ररी कोरोनासँग लडिरहेको छ । चीनको ‘जिरो कोविड नीति’ अन्तर्गत यहाँ कडा लकडाउन लगाइएको छ । सांघाईको २ करोड ५० लाख जनसंख्या घरमा कैद छन् । कडा लकडाउनका बाबजुद पनि यहाँ कोरोनाका घटना रोकिएका छैनन् । सांघाईमा कोरोनाका घटनामा अत्याधिक बृद्धि हुनुको कारण ओमिक्रोन भएको मानिन्छ ।
कोरोनाबाट सांघाईको अवस्था यति नाजुक बनेको छ भने यहाँ संक्रमित राख्ने ठाउँ नै छैन । विद्यालय र कार्यालय भवनलाई क्वारेन्टाइन केन्द्रमा परिणत गरिँदै छ । समाचार एजेन्सीका अनुसार क्वारेन्टाइन सेन्टर भरिएको छ ।
प्रतिक्रिया दिनुहोस