aarthiknews.com विहीबार, १६ जेठ २०८२   Thursday, 29 May, 2025
 

शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज अब नेपाली बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
शाओमीको नोटबुक सिरिज र रेड्मीबुक सिरिज अब नेपाली बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादकता बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको छ । 

आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको यो रेड्मीबुक सिरिजमा 15.6” FHD डिस्प्ले, ११ औं Gen Intel® Core™ प्रोसेसर, 8GB DDR4 3200 MHz RAM रहेको छ जसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथ लगातार ११ घण्टासम्मको ब्याट्री ब्याकअप प्रधान गर्दछ ।    

मी नोटबुक अल्ट्रा आधुनिक र न्यूनतम, युनिबडी डिजाइन भएको सक्तिसाली र पोर्टेबल ल्यापटप हो । यो मी नोटबुक सिरिज एयरोस्पेस ग्रेड सिरिज ६, एल्युमिनियम बडी, एयरक्राफ्ट ग्रेड मेटलको प्रयोग बाट बनेको छ । १.७  किलोग्राम मात्र वजन रहेको यो ल्यापटप १७.९ एएम भन्दा कम मोटो छ । जसले यसलाई स्लिम र पोर्टेबल बनाउँछ ।

मी नोटबुक अल्ट्राको १ लाख ३६ हजार ९९९ रुपैयाँ, मी नोटबुक प्रोको १ लाख ९ हजार ९९९ रुपैयाँ, रेड्मीबुक १५ प्रोको ८९ हजार ९९९ रुपैयाँ र  रेड्मीबुक ई–लर्निङ एडिशनको ७४ हजार ९९९ रुपैयाँ मूल्य पर्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस