
काठमाडौं । ईन्टरनेटको गतिमा तिब्रताका लागि डुअल वाई–फाई प्रविधि सार्वजनिक गरेको छ । ओपोले कलर ओएस ६ प्रयोग हुने स्मार्टफोनका लागि नयाँ डुअल वाई–फाई प्रविधि सार्वजनिक गरेको हो ।
यसमा समाहित नयाँ फिचरले उपकरणलाई एकै साथ दूई भिन्न सञ्जालसंग सम्पर्क स्थापित गर्ने, स्वतन्त्ररुपमा डाटा प्रेशित तथा प्राप्त गर्न, समग्र कनेक्शन गति समायोजन तथा मोबाइल भिडियो तथा गेम मार्फत प्रयोगकर्ताको अनुभव अनुकुलन गर्न सघाउने ओपोको दावी छ ।
ओपोको डुअल वाई–फाई प्रविधि ओपो रेनोमा उपलब्ध गरिएको डीबीएस÷डीबीडीसी चिप प्रविधिबाट सञ्चालित छ । यसले स्मार्टफोनलाई दूई समान वा भिन्न एसएसआईडी भएका भिन्दा भिन्दै वाई–फाई हटस्पट्ससंग विना कुनै रुकावत सम्पर्क स्थापित गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
डुअल वाई–फाई प्राथमिक तवरमा दूई विशेष अवस्थाका लागि उपयुक्त हुन्छ । पहिलो, जब उपकरणले चलायमान सञ्जाल वातावरणमा कमजोर सिग्नल प्राप्त गर्छ । यस्तो जानकारी पाउने वित्तिकै उपकरणले वैकल्पिक सिग्नलसंग सम्पर्क स्थापित गर्छ । दोस्रो जब प्रयोगकर्ताले कुनै फाइल डाउनलोड गरिरहेको हुन्छ । यस अवस्थामा भने उपकरणले डाउनलोडको गतिमा तिब्रताका लागि डुअल वाई–फाई सक्रिय बनाउँछ ।
ओपोको डुअल वाई–फाई प्रविधिले उपकरणलाई नीतिमा आधारित रोउटिङ र लिंक एग्रिगेसन÷डाइभर्जन प्रविधि मार्फत दूई हटस्पटसंग जडित भई दूई वाई–फाई कनेक्सन्सको निर्माण गरी दूई ईन्टरनेट कनेक्शन राउट्सको निर्माण गर्छ । यो फञ्सन सपोर्ट गर्ने ओपो मोबाइल फोनले सञ्जालको गतिलाई दूईगुणा बनाउने, झञ्झट रहित सञ्जाल स्विट्चिङ, विना रुकावत गेम खेल्ने, बिना प्रतिक्षा वेभ पेजहरु खोल्ने तथा ईन्टरनेटको गतिमा ह््रास विना अनलाईन भिडियो हेर्ने लगायत सुविधाको मज्जा लिन सक्छन् ।
ओपोले शाङघाईमा आयोजित चाइनाजोइ गेमिङ एक्स्पो मार्फत दूई नयाँ नवप्रबर्तनात्मक प्रविधि “गेम कलर प्लस ” र “डुअल वाई–फाई” प्रदर्शित गरेको छ । प्रदर्शित गेम कलर प्लसले अति यथार्थवादी ईमेजिङ प्रस्तुत गर्छ भने डुअल वाई–फाई प्रविधिले नेटवर्कको गतिमा तिब्रता ल्याउन छ । यी दूवै प्रविधिहरु मार्फत गेमिङ ईमेजको गुणस्तरमा जीवन्तता, ईन्टरनेटको गति र नेटवर्क विच रुकावत रहित स्विट्चिङ मार्फत प्रयोगकर्ताका गेमिङ अनुभवमा अनुकुलन ल्याउनु भएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस