aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा कोरोनाको चौथो लहर शुरु भएको हो ? संक्रमित दर ४.२१ प्रतिशत पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ बैशाख २०७९
भारतमा कोरोनाको चौथो लहर शुरु भएको हो ? संक्रमित दर ४.२१ प्रतिशत पुग्यो

एजेन्सी । भारतको राजधानी दिल्लीमा कोरोनाको गतिले फेरि एकपटक डराउन थालेको छ । आइतबार दिल्लीमा ५२७  जना नयाँ कोरोनाका केसहरू देखिएका छन ।  संक्रमण दर ४.२१ % पुगेको छ । भारतको राजधानीमा कोरोना संक्रमित बढ्दै गएपछि चौथो लहरको त्रास पनि बढेको छ । यद्यपि, विज्ञहरूले अझै पनि नयाँ लहरको बारेमा केही भन्न हतार नभएको भनिरहेका छन् ।

अस्पतालमा भर्ना हुने बिरामीको संख्या निकै कम भएकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको सरकारको भनाइ छ । तर होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या तिब्र गतिमा बढिरहेको छ । शनिबारसम्म दिल्लीमा ७७२ बिरामी होम आइसोलेसनमा थिए । जसको संख्या आइतबार बढेर ९६४ पुगेको छ । योसँगै गत अप्रिल १ मा होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या ३ सय ३२ थियो ।

दिल्लीमा कोरोना कत्तिको गतिमा बढिरहेको छ । दिल्ली सरकारको तथ्यांकबाट बुझ्न सकिन्छ । बिहीबार दिल्लीमा कोरोनाका ३२५ संक्रमितहरू रिपोर्ट गरिएको थियो र पोजेटिभ दर २.३९% थिया े। शुक्रबार, ३.९५% को पोजेटिभक दर ३६६ नयाँ केस रिपोर्ट गरिएको थियो । शनिबार पोजिटिभ दर ५ दशमलव ३३ प्रतिशतमा झरेर ४ सय ६१ पुगेको छ । आइतबार संक्रमण दर पक्कै घटे पनि नयाँ संक्रमितको संख्या ५० भन्दा बढीले बढेको छ ।

प्रतिक्रिया दिनुहोस