aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमेरिकाले मे १२ मा ग्लोबल कोभिड शिखर सम्मेलनको गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ बैशाख २०७९
अमेरिकाले मे १२ मा ग्लोबल कोभिड शिखर सम्मेलनको गर्ने

वासिङ्टन ।  कोभिड-१९ सङ्कटको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन मे १२ मा आयोजना गर्न लागिएको ह्वाइट हाउसले सोमबार जनाएको छ।

वर्तमान जी ७ अध्यक्ष जर्मनी,   जी २० अध्यक्ष इन्डोनेसिया, अफ्रिकी संघ अध्यक्ष सेनेगल, र बेलीज, क्यारिकोम क्यारिबियन समूहको वर्तमान अध्यक्ष राष्ट्रहरू सहित अमेरिकाले भर्चुअल भेलाको सह-अध्यक्षता गर्नेछ ।

ूशिखर सम्मेलनले कोभिड-१९ महामारीको तीव्र चरणको अन्त्य गर्न र भविष्यमा देखापर्न सक्ने स्वास्थ्य खतराहरूको लागि तयारी गर्न हाम्रो सामूहिक प्रयासलाई दोब्बर बनाउनेछ,  उक्त देशहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ। एएफपी

प्रतिक्रिया दिनुहोस