
एजेन्सी । नेफ्लिक्सले पछिल्ला केही त्रैमासिकमा ठूलो नोक्सानी बेहोर्नु परेको छ । रिपोर्टका अनुसार यस वर्षको पहिलो त्रैमासिकमा नेटफ्लिक्स प्रयोगकर्ता घटेका छन । नेटफ्लिक्सले करिब १०० दिनमा २ लाखभन्दा बढी ग्राहक गुमाएको छ । नेटफ्लिक्सको इतिहासमा यति ठूलो संख्यामा सब्सक्राइबर घटेको यो पहिलो घटना हो ।
मार्च ३१, २०२२ को अन्तिम त्रैमासमा नेटफ्लिक्सका ग्राहकको संख्या २२१.६मिलियनमा झरेका छन । जुन गत आवको पहिलो त्रैमासको तुलनामा केही कम हो । नेटफ्लिक्सले ग्राहक घट्नुको कारण रुस र युक्रेनबीचको युद्ध भएको दाबी गरेको छ । नेटफ्लिक्सले रूसमा आफ्नो सेवा बन्द गरेको छ । योसँगै युक्रेनको नेटफ्लिक्स सेवा पनि युद्धका कारण प्रभावित भएको छ । यस्तो अवस्थामा युद्दको कारण आफ्ना ग्राहक संख्यामा कमी आएको कम्पनीको दाबी छ ।
सिलिकन भ्याली टेक फर्म नेटफ्लिक्सले यस वर्षको पहिलो त्रैमासिकमा ४१.६ बिलियनको नेट वर्थ पोष्ट गरेको छ । जहाँ गत वर्षको पहिलो त्रैमासमा कुल आम्दानी १.७ अर्ब डलर थियो । नेटफ्लिक्सले २ लाख सदस्य गुमाएपछि कम्पनीको स्टक २५ प्रतिशतले घटेको हो ।
कोभिडका कारण मानिसहरु ठूलो संख्यामा घरबाटै काम गरिरहेका थिए जसका कारण सन् २०२० मा कम्पनीको बृद्धिदर निकै तीव्र भएको कम्पनीले जनाएको छ । करिब २२ करोड २० लाख घरपरिवारले नेटफ्लिक्स प्रयोग गरिरहेको कम्पनीले जनाएको छ भने नेटफ्लिक्स खाताको संख्या १० करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस