aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमण बढ्यो, नेपालमा सतर्क रहौँः मन्त्रालय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ बैशाख २०७९
छिमेकी राष्ट्रहरुमा कोरोना संक्रमण बढ्यो, नेपालमा सतर्क रहौँः मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा कोरोना संक्रमण बढेका कारण नेपालमा सतर्क रहन आग्रह गरेको छ । मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै सतर्क रहन आग्रह गरेको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– कोभिड १९ को संक्रमणदर भारत लगायत छिमेकी राष्ट्रहरुमा पछिल्लो केहि दिनमा बढ्दो क्रममा रहेको बर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेबार बनी जनस्वास्थ्यको मापदण्डकको पालना गर्न गराउन अनुरोध छ । 

साथै मन्त्रालयले कोरोनाको पूर्ण मात्रा खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने र जारी खोप अभियानमा निरन्तर साथ दिदे सम्पूर्णका आभार प्रकट गरेको छ । खोप लगाउन बाँकी रहेका सबैलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।  

May be an image of text

प्रतिक्रिया दिनुहोस