
काठमाडौं । ‘मिस नेपाल’ को रजिस्ट्रेसन खुलेको छ । सो को रजिस्ट्रेसन र भोटिंगका लागि नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ सँग साझेदारी भएको छ । यस पालिको मिस नेपालमा सहभागी हुन इच्छुक सबैले खल्ती मार्फत् रजिस्टर गर्न सक्नेछन् ।
यसको साथै प्रयोगकर्ताले खल्ती मार्फत आफुलाई मनपर्ने मिस नेपाल प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट पनि गर्न सक्नेछन्। मिस नेपाल नेपालको सबैभन्दा ठूलो र मान्यता प्राप्त वार्षिक प्रतियोगिता हो। सुरुवात देखि नै यो प्रतियोगिता निकैको लागि सशक्तिकरण र प्रेरणाको स्रोत भएको छ।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “नेपालको एक गरिमामय प्रतियोगिताको रुपमा आफुलाई स्थापना गर्न सफल भएको ‘मिस नेपाल’ सौन्दर्य प्रतियोगितामा हामी रजिस्टर तथा भोटिंग पार्टनरको रुपमा सहकार्य गर्न पाउँदा निकै खुशी छौं। सधै झैँ यस प्रतियोगिता मार्फत सौन्दर्य साथै बौद्धिक क्षमता भएका हाम्रा देशका प्रतिभावान नारीहरुले आफुलाई प्रस्तुत गर्ने अवसर यस मंचले प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं ।”
यस भोटिंग सुविधाको साथ–साथै, ‘खल्ती’ले निःशुल्क बैंक ट्रान्सफर, लेखस्टार अन्तर्गत रु. ५० हजार रुपैयाँ जित्ने, र फ्लाइट चढी लखपति’ जस्ता विभिन्न अफर संचालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस