एजेन्सी । भारतमा कोरोना संक्रमित बढ्दै गएका छन् । भातरको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बुधबार २,०६७ नयाँ मामिलाहरू रिपोर्ट भएका छन् ।
योसँगै दैनिक कोभिड–१९ मामिलाहरूमा ६६ प्रतिशतले वृद्धि भएको छ । कोभिडका केसहरूमा भएको बृद्धिले फेस मास्क लगाउने आवश्यकता र महत्वलाई फेरि एकपटक बढाएको छ । देशका केही राज्यहरूमा मास्क लगाउन अनिवार्य गरिएको छ ।
भारतको हरियाणा र उत्तर प्रदेशका केही जिल्लाहरूमा मास्क अनिवार्य गरिएको छ । दिल्ली सरकारले सार्वजनिक स्थानमा मास्क लगाउने र उल्लंघन गर्नेलाई ५०० रुपैयाँ जरिवाना गर्ने कुरा गरेको छ । कोरोनाको बढ्दो केसलाई ध्यानमा राख्दै मानिसहरूले फेरि मास्क लगाउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस