aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

रियलमीको सबैभन्दा स्टाईलिश स्मार्टफोन नेपालमा सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ बैशाख २०७९
रियलमीको सबैभन्दा स्टाईलिश स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं ।  विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ । सधैँ झैँ, रियलमीले विश्वभरका युवा वर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको ‘म्ब्च्भ् त्इ ीभ्ब्ए’ अवधारणालाई जारी राखेको छ । 

रियलमी सी ३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राईमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र ारज्ञ।ड एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी ३५ले थप f/2.8 B राखेको छ ।

२०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिेएको, रियलमी सी ३५ ८.१ mm राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो । यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ । 

रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन रंगमा उपलब्ध रहेका छन । दुई स्टोरेज भेरियन्टहको मूल्य रु. २०,४९९ (4GB+64GB) र रु. २१,९९९ (4GB+128GB) रहेको कम्पनीले जनाएको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस