aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सगरमाथा आरोहणका लागि २९२ जनाले लिए अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ बैशाख २०७९
सगरमाथा आरोहणका लागि २९२ जनाले लिए अनुमति

काठमाडौं । सगरमाथा आरोहणका लागि बसन्त याममा विभिन्न देशका २९२ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार हिमाल आरोहणको यो सिजनका लागि ५५ देशका २९२ नागरिकहरुले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् । जसमा २२४ जना पुरुष र ६८ जना महिला रहेका छन् । 

विभागको तथ्याङक अनुसार यो सिजनमा ७३ वटा हिमाल आरोहणका लागि ८३३ जनाले अनुमति लिएका छन् । जसबाट ४३ करोड २८ लाख ३९ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको  छ । भने सगरमाथा हिमालबाट सबैभन्दा बढी ३६ करोड ४७ लाख ७ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ । 

यस सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकन नागरिकहरु रहेका छन् । सगरमाथा आरोहणका लागि ६३ जना अमेरिकन नागरिकले अनुमति लिएका छन् ।  त्यस्तै, बेलायतका ३३ जना, भारतीय नागरिक २२ जना, नेपालबाट २० जना, क्यानडाका १७ जना, रुसबाट १६ जना, फ्रान्सका १२ जना र अष्ट्रेपलयाका १० नागरिकले अनुमति लिएका हुन् । त्यसैगरी अन्य देशका ८८ नागरिकले सगरमाथा आरोहणका लागि अनुमति लिएको तथ्याङकमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस