aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिमाल आरोहणका लागि ८७६ जनाले लिए अनुमति, ४४ करोडभन्दा बढी रोयल्टी संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
हिमाल आरोहणका लागि ८७६ जनाले लिए अनुमति, ४४ करोडभन्दा बढी रोयल्टी संकलन

काठमाडौं । यस वर्षको बसन्तयाममा हिमाल आरोहणका लागि ८७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागको तथ्याङक अनुसार विभिन्न ७३ देशका १९१ वटा टीमले हिमाल आरोहणको अनुमति लिएका हुन् । आरोहणको अनुमति लिनेमा ६८६ जना पुरुष र १९१ जना महिला रहेका छन् । जसबाट ४४ करोड ८० लाख ४४ हजार रुपैयाँ रोयल्टी प्राप्त भएकाे छ । 

विभागका अनुसार हिमाल आरोहणमा अनुमति लिएकाहरुमा सबैभन्दा धेरै सगरमाथाका लागि ३०२ जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि अनुमति लिएकाहरुबाट ३७ करोड ८० लाख ६७ हजार रुपैयाँ रोयल्टी प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस