aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप १० जनामा कोरोना संक्रमण, १८ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
थप १० जनामा कोरोना संक्रमण, १८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८ जना र एन्टिजन परिक्षण गर्दा २ जना गरि जम्मा १० जना नयाँ संक्रमित थपिएका हुन् ।             

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।        

पछिल्लो २४ घण्टामा ५ हजार २२६ जनाले कोरोना परिक्षण गरेका थिए भने ८६ हजार १३६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २६१ जना रहेका छन् ।              
 

प्रतिक्रिया दिनुहोस