aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थप ११ जनामा कोरोना संक्रमण, १७ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ बैशाख २०७९
थप ११ जनामा कोरोना संक्रमण, १७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८ जना र एन्टिजेन परीक्षय गर्दा ३ जना गरी ११ जना नयाँ संक्रमित थपिएका हुन् ।                 

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ ।            

पछिल्लो २४ घण्टामा ५ हजार ८९१ जनाले कोरोना परिक्षण गरेका थिए भने १ लाख २३ हजार ५९० जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २५२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस