aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

सीजीको डिजिटल प्रिमियम माल्टि ब्रान्ड इलेक्ट्रोनिक्स शोरुम बसुन्धरामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ बैशाख २०७९
सीजीको डिजिटल प्रिमियम माल्टि ब्रान्ड इलेक्ट्रोनिक्स शोरुम बसुन्धरामा

काठमाडौं । सीजी डिजिटलको नयाँ शोरुम सञ्चालन भएको छ । काठमाडौंको बशुन्धरामा रहेको बिशाल भवनमा उक्त शोरुमको सञ्चालन गरिएको हो । 

गोदरेज अपलाइनसका एक्स्पोर्ट हेड सलाम सिंह तथा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले उक्त शोरुमको उद्धघाटन गरेका हुन् । यस शोरुममा सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित ब्रान्डहरु एलजी, सीजी, गोदरेज, टिसिएल, सेनसेई, केन्ट, पिजन, एलिका, ब्ल्याक डेकर, बेको र माइडिया जस्ता ब्रान्डहरुका सात सय भन्दा बढी घरायसी उपकरणहरु उपलब्ध हुनेछन् । 

नयाँ शोरुम सञ्चालनको उपलक्ष्यमा कम्पनीले आफ्ना उपकरणहरुको खरिदमा विशेष छुट र उपहारको समेत व्यवस्था गरेको छ । साग्र फ्री डेलिभरी, लोयल्टी प्रागाम, फ्री इन्स्टलेसन, डेमो, ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी, एक्सचेन्ज अफर जस्ता सुविधाहरु पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस