aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोना संक्रमितको संख्या एकल अंकमा, २४ घण्टामा मृत्यु शून्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ बैशाख २०७९
कोरोना संक्रमितको संख्या एकल अंकमा, २४ घण्टामा मृत्यु शून्य

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा चार हजार २५५ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार ३३३ जनाले पिसिआर र ९२२ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा १८ जना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६७४ पुगेको छ । यो दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस