aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

चीनको स्मार्टफोन बजारमा भिभो शीर्ष स्थानमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० बैशाख २०७९
चीनको स्मार्टफोन बजारमा भिभो शीर्ष स्थानमा

काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ मा चीनको स्मार्टफोन बजारमा  पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो । 

यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट प्राप्त भएका सकारात्मक बजार प्रतिक्रियाले यस स्थान हासिल गर्न सहयोग पुर्याएको छ । स्मार्ट उपकरणहरू र इन्टेलिजेन्ट सेवाहरूमार्फत भिभोले बलियो गति कायम राखेको छ । 

काउन्टरपोइन्ट रिसर्चका अनुसार २०२१ मा चीनको स्मार्टफोन बजारमा भिभोले २२ प्रतिशतको बजार हिस्सा ओगटेको थियो । विश्वव्यापी विस्तारको साथ, हालसम्म, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले मन पराएका छन् ।
 

प्रतिक्रिया दिनुहोस