aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

ट्वीटर सित्तैमा प्रयोग गर्न नदिने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ बैशाख २०७९
ट्वीटर सित्तैमा प्रयोग गर्न नदिने संकेत

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्क सामाजिक सञ्जाल ट्विटर किन्दा लगातार चर्चामा छन् । यी सबैको बीचमा उनले आगामी दिनमा ट्वीटर सित्तैमा प्रयोग गर्न नदिने संकेत गरेका छन् । यसलाई प्रयोग गर्न केही पैसा तिर्नुपर्ने हुन सक्ने समेत उनले संकेत गरेका छन । यद्यपि, एलोन मस्कले यो सँधै अनौपचारिक प्रयोगकर्ताहरूको लागि निः शुल्क हुने स्पष्ट गरे।

इलोन मस्कले ट्वीट गरे, “ट्विटर अनौपचारिक प्रयोगकर्ताहरूका लागि सधैं निःशुल्क हुनेछ । तर व्यावसायिक र सरकारी प्रयोगकर्ताका लागि थोरै लागत तिर्नुपर्ने हुन सक्छ ।'' यसअघि मंगलबार न्युयोर्कमा भएको मेट गालामा एलोन मस्क पनि सहभागी भएका थिए ।

 यस क्रममा उनले ट्वीटरको सफलताको एउटा महत्वपूर्ण पाइला भनेको यसले आफ्ना प्रयोगकर्तालाई उल्लेख्य रूपमा विस्तार गर्न सक्ने बताए । यति मात्र होइन, उनले अमेरिकाको ठूलो हिस्सा ट्वीटरमा रहोस् भन्ने चाहे उनले भनेका थिए ।

ट्वीटरको रिपोर्ट अनुसार अमेरिकामा करिब ४ करोड दैनिक सक्रिय प्रयोगकर्ता छन् । एलोन मस्कले अमेरिकामा धेरै प्रयोगकर्ताहरू ट्विटर प्रयोग गर्न चाहन्छन्।

प्रतिक्रिया दिनुहोस