aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

डिजिटल वालेटमा क्रेडिट कार्डबाट लोड गरिएको रकम मात्र बैंक ट्रान्सफर नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ बैशाख २०७९
डिजिटल वालेटमा क्रेडिट कार्डबाट लोड गरिएको रकम मात्र बैंक ट्रान्सफर नहुने

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा बैशाख १९, २०७८ मा जारी निर्देशन अनुसार अब क्रेडिट कार्डबाट लोड गरिएको रकम बैंकमा ट्रान्सफर गर्न नमिल्ने प्रावधान लागु भएको छ । सो प्रावधान खल्ती डिजिटल वालेट ले २ वर्ष अघि  देखि नै लागु गर्दै आईरहेको थियो । 

यस निर्देशन लागु भए लगत्तै, अब क्रेडिट कार्डबाट लोड गर्ने प्रयोगकर्ताले रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्न पाउनेछन् । क्रेडिट कार्ड बाहेक अरु अनलाइन माध्यमबाट लोड गरिएको रकम भने नेपाल राष्ट्र बैंकको ट्रान्सफर सीमामा रही सहजै ट्रान्सफर गर्न सकिनेछ ।

यसका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “खल्तीले नेपाल राष्ट्र बैंकको निर्देशन अघि नै यस प्रावधानको पालना गर्दै आएको छ । यो व्यवस्थाले डिजिटल माध्यमहरूको जिम्मेवारीपूर्ण प्रयोगतर्फ थप एक कदम अघि लिएको रूपमा काम गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

प्रतिक्रिया दिनुहोस