aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

थप १९ जनामा कोरोना संक्रमण, १८ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ बैशाख २०७९
थप १९ जनामा कोरोना संक्रमण, १८ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९ जना नयाँ संक्रमित थपिएका हुन् ।                  

त्यस्तै, पछिल्लो २४ घण्टामा १८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२  पुगेको छ ।                              

पछिल्लो २४ घण्टामा ३ हजार ८२१ जनाले कोरोना परिक्षण गरेका थिए भने ३० हजार ६५६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २१७ जना रहेका छन् ।              
 

प्रतिक्रिया दिनुहोस