aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पैसा तिर्न नसक्ने भएपछि युनाइटेडले रोक्यो डिबालासंगको कुराकानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० साउन २०७६
पैसा तिर्न नसक्ने भएपछि युनाइटेडले रोक्यो डिबालासंगको कुराकानी

इग्लिस क्लब म्यान्चेस्टर युनाइटेड अर्जेन्टाइन स्टार पाउलो डिबालालाई खेलाउन नसक्ने निष्कर्षमा पुगेको छ ।  डिबालाको तर्फबाट युनाइटेडमा भित्रनका लागि धेरै रकम माग भएपछी  उनिसँगको कुराकानीलाई म्यान्चेस्टर युनाइटेडले अन्त्य गरेको हो ।

युभेन्टसका स्ट्राइकर डिबालाले माग गरिजती रकम  म्यान्चेस्टर युनाइटेडले उनलाई दिन नसक्ने भएपछी सो सम्बन्धि सम्बाद टुंगिएको  बीबीसीले जनाएको छ । युनाइटेडले २५ वर्षीय डिबालालाई क्लबमा भित्र्याएर रामेलु लुकाकुलाई युभेन्टस पठाउने योजनाका साथ वार्ता गरिरहेको थियो ।

उनले कति रकम माग गरेका थिए भन्ने चाहिं खुलाइएको छैन । तरपनि डिबालाले युनाइटेडसँग धेरै रकम माग गरेको समाचारहरुमा उल्लेख गरिएको छ । सन् २०१५ मा युभेन्टस पुगेका डिबालाले गत सिजन इटलियन क्लबबाट १० गोल गरेका थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस