
एजेन्सी । व्हाट्सएपले आफ्नो नयाँ फिचर थप गरेको छ । उक्त रिएक्शन फिचर सार्वजनिक गरेको हो । ह्वाट्सएप पेरेन्ट कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजबाट यो जानकारी दिएका हुन् । जुकरबर्गले भने, मे ५, २०२२ देखि व्हाट्सएपले रियाक्सन फिचर रोल आउट गर्न थालेको छ । सुरुमा ह्वाट्सएपले ६ वटा इमोजी रोल आउट गरेको छ । यसमा थम्ब्स–अप, हृदय, हाँसो, आश्चर्य, दुखी र धन्यवाद जस्ता इमोजीहरू समावेश छन्।
व्हाट्सएपको प्रतिक्रिया सुविधाको मद्दतले आफ्नो सन्देश बिना कुनै पनि च्याटमा इमोजीको मद्दतले आफ्नो अभिव्यक्ति शेयर गर्न सकिन्छ । फेसबुकमा यस्तो सुविधा पहिले देखि नै छ । हाल, व्हाट्सएपमा इमोजीको साथ जवाफ दिने सुविधा उपलब्ध छ ।
तर, अब इमोजी मार्फत प्रतिक्रिया दिने फिचर लन्च गरिएको छ । जसको लागि च्याट बक्समा गएर इमोजी चयन गर्नु पर्दैन । प्रयोगकर्ताहरूले सन्देशमा लामो समयसम्म थिचेर इमोजीसँग प्रतिक्रिया दिन सक्षम हुनेछन् ।
प्रतिक्रिया दिनुहोस