
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १५ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ४५३ जनाले कोरोना परिक्षण गरेका थिए भने ८४ हजार ६२१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २१५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस